२०८१ पुष २९ , सोमवार

मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लूबाट मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बर्ड फ्लू लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् ।

मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लू लागेको यकिन भएपछि सम्बन्धित मन्त्रालयहरूले निगरानी गरिरहेका छन् । सरकारी अधिकारीहरूका अनुसार मरेका समुद्री जनावरहरू आन्ध्र महासागरको किनारमा फेला देखा परेका तथा तिनबाट भाइरसको फैलावट हुन नदिन तीन सय ५० वटालाई गाडिएको छ ।

वातावरण मन्त्रालयका जीवजन्तु विभागका प्रमुख कार्मेन लीजागोयेनले बर्ड फ्लूका कारण जलचर मरेका बताउनुभएको छ । उहाँले रोग नियन्त्रण गर्न नसकिने बताउँदै जलजीवको प्रतिरोधात्मक क्षमता विकास भएपछि ती नमर्ने उहाँले एएफपीलाई बताउनुभयो । ती जलचरमा प्रतिरोधात्मक क्षमता विकास कहिलेसम्ममा भइसक्छ भन्न नसकिने पनि उहाँले उल्लेख गर्नुभयो ।

उरुग्वेमा तीन लाख १५ हजार सिल र सि लाइन रहेका अनुमान गरिएको छ । जनावरहरूबाट मानवमा बर्ड फ्लू नसरे पनि विभाग प्रमुख लीजागोयेनले समुद्र तटमा नजान सर्वसधारणलाई आग्रह गर्नुभएको छ ।
रासस