२०८१ आश्विन ८ , मंगलबार

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी

Kailash-Dhungel-UML

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै  शुक्रबार भएको निर्वाचनमा अर्का ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् ।
यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।

खुला उपसचिवमा प्रेम कुमार महर्जन र महिला उपसचिवमा भक्त कुमारी लामा विजयी भएका छन् ।
सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा आज मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो ।