२०८१ पुष २४ , बुधवार

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात, डाक्टरहरु आन्दोलित

kathmandu-medical-college

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि सिनामंगलस्थित  कलेजमा  आक्रमण भएको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

 

उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा ९ओपीडी०मा आएका बिरामीले कुटपिट गरेका हुन् ।

‘बिरामीले एक विशेषज्ञको नाम लिएर देखाउन आउनुभएको रहेछ । तर, ती विशेषज्ञ क्लासमा हुुनुहुँदो रहेछ । इन्टर्न डाक्टरले हल्ला नगर्नुहोस्, उहाँ क्लास लिन जानुभएको छ । एकछिन समय लाग्छ भनेपछि कुटपिट भएको रहेछ’, दाहालले भने ।

 

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम सरोज गौतमलाई पक्राउ गरेको छ ।

अहिले अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।