२०८१ पुष २७ , शनिवार

ऐरीलाई महानिरीक्षकको बधाई

Capture
सुनाखरी न्युज/ काठमाडौं ।
 नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गर्नुभएको छ । ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गर्नुभएको हो ।
सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उहाँले कीर्तिमान कायम गर्नुभएको थियो ।
प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो । चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् । रासस
May be an image of 1 person and text that says 'गेपालपहरी सत्येसरक्ष नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र सिंह ऐरीले मित्र राष्ट्र चीनमा सत्चालन भइरहेको १९ औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ सन् २०२३ सेप्टेम्बर २७ मा मंगोलिया बिरुद्धको खेलमा राष्ट्को प्रतिनिधित्व गर्दे राष्ट्रिय पुरुष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो & बलमा & छक्का प्रहार गर्दे ९ बलमा अर्घशतक पुरा गरी विशव कीर्तिमान कायम गर्न सफल हुनुभएकोमा हार्दिक बधाई साथै नेपाली क्रिकेट टिम र खेलाडीहरुलाई सफलताको शुभकामना Mctnd cond PAL प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरी'