२०८१ पुष २० , शनिवार

‘जी २० को सफलता भारत–अमेरिका साझेदारीको सफलता हो’

india flag

सुनाखरी न्युज/ काठमाडौं ।
भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले जी २० शिखर सम्मेलनको सफलता सफलता भारत–अमेरिका साझेदारीको सफलता भएको बताउनुभएको छ ।

“शिखर सम्मेलनमा भारत र अमेरिकाको समझदारी, सहयोग, साझेदारी र सहकार्यका साथै साझा दृष्टिकोणको पनि सम्मिश्रण थियो,” शनिबार वासिङ्टन डिसीस्थित इन्डिया हाउसमा ‘कलर्स अफ फ्रेन्डसिप’ कार्यक्रममा भारतीय कुटनीतिज्ञलाई सम्बोधन गर्दै विदेशमन्त्रीले भन्नुभयो– “जी २० शिखर बैठकमा विश्वका नेताहरूलाईं एकै स्थानमा भेला गर्नु चुनौतीपूर्ण थियो तर त्यसमा हामी सफल भयौँ ।

अमेरिकी साथ र सहयोगका लागि वासिङ्टनलाई श्रेय दिँदै विदेशमन्त्री जयशङकरले वैश्विक चुनौती सामना गर्न भारत र अमेरिकाले साझेदारी गरिरहेका बताउनुभयो ।

गान्धी जयन्तीको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा उहाँले महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जी २० का सन्देश पनि गान्धीका सिद्धान्तकै सेरोफेरोमा रहेका बताउनुभयो । ‘संसारलाई साझा घर मान्ने र यसका बासिन्दालाई आफ्नै परिवार ठान्ने’ प्राचीन परम्पराप्रति उहाँको लगाव रहेको विदेशमन्त्रीले उल्लेख गर्नुभयो ।
रासस