२०८१ आश्विन २१ , सोमवार

राप्ती नदीमा डुबेका किशोरको शव फेला

naadi

सुनाखरी न्युज / काठमाडौं ।

राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव तीन दिनपछि फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए।

 

नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर बेपत्ता भएका थिए। चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको इलाका प्रहरी कार्यालय, गढवाले जनाएको छ।