२०८१ पुष २८ , आइतवार

प्रभु बैंकले आफ्नो QR कोड मास्मार्ट अडियो अलर्ट डिभाइस जडान गरी सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत QR कोड मार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ ।

 

प्रभु बैंकको QR कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेण्टहरूसँग रहेको QR कोड मार्फत सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुना साथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । प्रभु बैंकले डिजिटल बैंकिङ्ग लाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको शुरुवात गरेको हो ।

 

प्रभु बैंकले ल्याएको यस नविनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको QR कोड मार्फत्भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । प्रभु बैंकले फोनपे पेमेण्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा फोनपे नेटवर्कमा आवद्ध QR कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोन पे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आवद्ध त्तच् मा भनेयस अघि देखि नै ब्यबस्था मिलाई सकिएको छ ।

 

QR कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेरडिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानी लाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय सावित हुने बैंकले विश्वास लिएको छ ।