२०८१ आश्विन ८ , मंगलबार

सरकार नै भष्टाचारीको संरक्षणमा लाग्योः महासचिव पोखरेल

Capture

शिशिर उजाड/ पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई धर्माटनको संज्ञा दिएका छन्।

नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै नेता पोखरेलले प्रधानमन्त्री प्रचण्डले नेपाली जनतालाई ढाटेर , कुनै उपलव्धी नगरी घुमेर मात्रै फकिएको दावी गरे । उनले खुट्टा नकमाई कन भष्टाचारको फाइृल खोल्न चुनौती समेत दिएका छन् । सरकार नै भष्टाचारीको संरक्षणमा लागेको आरेप लगाउँदै, भ्रष्टाचारको मुद्धामा जेल जाने सत्तापक्षकै नेता हुने दावी गरे । उनले गठवन्धनको सरकार रहेसम्म देशले विकास गर्न नसक्ने वताउँदै आगामी निर्वाचनमा एमाले ले वहुमत ल्याउनै पर्ने वताए । गण्डकीका नेता कार्यकर्तालाई एकतावद्ध भएर सन्देश दिन पनि उनले आग्रह गरे ।

एमालेका उप महासचिव पृथ्वी सुव्वा गुरुङले वर्तमान सरकारले भ्रष्टाचारीलाई प्रश्रय दिने काम वाहेक अरु केही नगरेको वताए । उनले माधव नेपालको पार्टी सकिने अवस्थामा पुगेको दावी गर्दै , इृमान्दार नेता कार्यकर्तालाई एमालेको ढोका खुल्ला रहेको वताए । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपि शर्मा ओलीले गर्ने भनिए ता पनि मौषम खरावीका कारण ओली आउन नसके पछि महासचिव पोखरेलले गरेका हुन्।

यसअधि पोखराका विभिन्न चार ठाँउवाट निस्कीएको र्याली अमरसिह मेैदानमा पुगेर सभामा परिणत भएको थियो । अधिवेशनको वन्दशत्र पोखरा सभागृहमा हुने एमालेले जनाएको छ । विग्रदो मौषमको कुनै प्रवाह नगरी गाउँ गाउवाट कायृकर्ता कायृक्रम स्थलमा पुगेका थिए ।