२०८१ आश्विन ८ , मंगलबार

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित हुनुभएको छ ।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उहाँले पाँच सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गर्नुभएको थियो । यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्र्षा राजवंशी र देवान राई निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ । रासस