२०८१ मंसिर १२ , बुधवार

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामानखरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथाक्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,००० सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरु लाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने छ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिककिस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३०गतेसम्म १४ दिनकालागिलागू हुनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।