२०८१ पुष २८ , आइतवार

माछापुच्छ्रे बैंकलि.को २३औँ वार्षिकोत्सव

Capture

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लि. २३औँ वर्षपार गरी २४औँ वर्षमाप्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीय स्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकलि. ग्राहकको अटुट विश्वास तथा अगाधमाया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रुपमा स्थापित हुन सफल भएको छ । २३वर्षको दौरानमा बैंक प्रति अनवरत रूपमासाथ सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु प्रति बैंक सदैव अनुगृहीत रहेको छ ।

 

२३वर्ष पूरा गरी २४औँ वर्षमाप्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरि रहेका कर्मचारीहरु लाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुछ्रे बैंक लि.का अध्यक्ष डा. उपेन्द्र महतोले २३वर्षसम्म बैंकको निरन्तर उन्नतिएवं उत्तरोत्तर प्रगतितथा सम्वृद्धिका लागि अभिभावकको रुपमानिरन्तर मार्गदर्शन तथा साथदिनुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय,शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंवशुभचिन्तकहरु प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामीदिनहरुमापनिअझ गुणस्तरीय बैंकिङ्ग सेवादिंदै थपउत्कृष्ट सुविधाहरु प्रदानगर्दै बैँकको संस्थागत सुशासनको महत्वमननगरि संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्तगर्नुभयो । त्यसै गरी सञ्चालक समितिका सदस्य जयमुकुन्द खनालले यस बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंवशुभचिन्तकहरुलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकटगर्नु भयो ।

 

कार्यक्रममा बैंकका प्रमुखकार्यकारी अधिकृत  सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूलनाराकासाथ डिजिटल इकोनोमिमा प्रभावकारी भुमिका खेल्दैआईरहेको माछापुच्छ्रे बैंकलि.ले आजको दिनसम्म आई पुग्दाआफुलाई स्मार्ट बैंकको रुपमा स्थापितगर्न सफलभएको र स्मार्ट तरिकाबाट ग्राहकहरुको चाहनातथाआवश्यकताबमोजिमनवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवाप्रदानगर्दै क्रमशःआफ्ना सेवाहरुलाई अझ सरल, सहज र विश्वसनिय ढङ्गले जिम्मेवारी बोधगर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउननिरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

 

हरेक क्षेत्र र वर्गकाग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकमहानुभावहरुलाई सेवाप्रदानगर्दै आईरहेको छ । २३वर्षअघि क्षेत्रीयस्तरको बैंकको रुपमा स्थापनाभएको बैंकलेयस अवधिमाविभिन्नआरोह अवरोह पार गर्दै बैंकले प्रदानगर्ने हरेक सेवा र सुविधामाआपूmलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ ।

 

बैंकले २३औँवार्षिकोत्सवको अवसरमा आगामीदिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २३वर्षको गौरवमययात्रामा साथदिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकको तर्फ बाट हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छौँ ।