२०८१ पुष २७ , शनिवार

एकदिवसीय विश्वकप आजदेखि सुरु हुँदै

सुनाखरी न्युज  / काठमाडौं ।

आजदेखि एक दिवसीय विश्वकप क्रिकेट सुरु हुँदैछ । भारतको अहमदावादस्थित नरेन्द्रमोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन हुँदैछ । खेल सवा २ बजेदेखि सुरु हुनेछ । दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित भारतका १० शहरमा खेल हुनेछ। विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दुईपटकको विजेता वेस्टइन्डिज भने योपटक छनोट हुन सकेन।

 

विश्व वरीयताको शीर्ष स्थानमा रहेको घरेलु टोली भारतलाई उपाधिको प्रबल दाबेदार मानिएको छ। विश्वकपमा सहभागी टोलीहरुमा शीर्ष चार ब्याटरहरुमध्ये ४० भन्दा बढीको रन औसत भारतीय ब्याटरको मात्र छ । विराट कोहली, शुभमन गिल, रोहित शर्मा फर्ममै छन्। यी दुवै टिम विश्वकप उपाधिका प्रबल दाबेदार हुन्।

 

२०१९ को गत विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई नै हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो। न्युजिल्यान्ड आज उक्त हारको बदला लिने दाउमा छ।आयोजक रहेको भारतसहित न्युजिल्याण्ड,इंग्ल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान,दक्षिण अफ्रिका,श्रीलंका,अफगानिस्तान,बंगलादेश र नेदरल्याण्ड १३औं संस्करणमा सहभागी हुनेछन् । लिग चरणमा ४५ र सेमिफाइनलमा २ र फाइनल गरी प्रतियोगितामा कुल ४८ खेल खेलाइनेछ ।