सुनाखरी न्युज / काठमाडौं ।
तीन दिनदेखि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कफ्र्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाइएको जनाएको छ ।
रक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँके जिल्ला प्रशासनले जनाएको छ ।
आज बिहानदेखि साँझसम्म कफ्र्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कफ्र्यु खुकुलो पारिएको हो ।