२०८१ पुष २८ , आइतवार

एभरेष्ट बैंकको वित्तिय अगुवाइमा सेरामिक्स उत्पादन नेपालमै गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सह वित्तियकरण अन्तर्गत सहभागी बैंकहरु बिच वित्तियसहजिकरण गर्नेकार्य सम्पन्नभएको छ ।

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपकातर्फ बाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताद्घारा एक विशेष समारोहका बिच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपालक्द्यक्ष् बैंक र प्रभु बैंकका उच्चपदस्थ अधिकारीहरु समेतको गरिमामय उपस्थिति रहेको थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादनहुने टायल्सको कुललागत रु. ४०० करोड मध्ये सह–वित्तियकरण अन्तर्गत रु. ३०० करोड लगानी रहनेछ । विश्वको ७औं ठूलो टायल्स उत्पादन कम्पनी Kajaria Ceramics भारतको संयुक्तलगानी रहेकोकजरिया रमेश टायल्स लिमिटेडले नेपालमाआधुनिकउपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सकाअन्यउत्पादनहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने जनाएको छ । मार्च २०२४ बाट शुरुवातहुने उक्त परियोजनाले देशमाहुने टायल्सको मागपूरा गरी आयातप्रतिस्थापनगर्नेमा महत्वपूर्ण योगदानगर्नेविश्वास लिईएको छ ।

 

स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हाल सम्म करिब १३लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७प्रादेशिककार्यालय, १६२ ATM सहितविश्वव्यापी नेटवर्क बाट अत्याधुनिक मोबाइल, इन्टरनेटर SMS बैंकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ ।

रासस