२०८१ पुष २८ , आइतवार

माछापुच्छ्रे बैंकको पच्चीसौँ वार्षिक साधारण सभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारण विहीबारहोटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०÷८१को लागिजि.पि.राज बहाक एण्ड कम्पनी लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

 

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई गतआ.व.को मुनाफबाट रु. १,३६,४२,०१,६९२ चुक्तापूँजीको १३.३० प्रतिशत) बोनस शेयर र रु. ७,१८,००,०८९ चुक्तापूँजीको ०.७० प्रतिशत नगदलाभांश कर प्रयोजनको लागि गरी जम्मा१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले माछापुच्छ्रे बैंक लि. र अन्य उपयुक्त बैंक तथावित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय समेत गरेको छ ।

बैंकले गतआर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८५ पैसा कायम गरेको थियो । हालबंैकको चुक्तापूँजी १० अर्ब २५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपंैया संचित रहेको छ ।

 

उक्त साधारणसभामा बोल्दै बैंककाअध्यक्ष डा.उपेन्द्र महतोज्यूले देशको आर्थिक स्थितीलाई मजबुतबनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यकासाथ सन्तुलित रुपमानिक्षेप तथाकर्जा लगानीलाई वृद्धि गरीकर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय उर्जा, सानातथामझौलाउद्योग लगायतका क्षेत्रहरुमाआफ्नो लगानीविस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीहरुलाई समेत उचितप्रतिफलप्रदानगर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराउनु भयो । डा.महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरुपबैंकले मर्जरको लागिप्रयत्नगरिरहेको जानकारी गराउनु हुंदै बैंक सधैअर्थपुर्ण मर्जरकालागिसकारात्मकरहीसोहीबमोजिम छलफलहरु समेत गर्दै आइरहेको जानकारी गराउनुभयो ।

उक्तकार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु मुकुन्दमहत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दैबैंकले आफ्नो आन्तरिक तथाबाह्य लेखापरिक्षण कार्य लाई नियमित बनाई बैंकको वित्तीयअवस्थालाई थपपारदर्शी बनाएकोमा खुसी ब्यक्त गर्दै आगामीदिनमायस्ता कार्यहरुलाई निरन्तरतादिने कार्यमासंचालक समितिको साथ रहिरहने कुरामा विश्वास का साथप्रतिबद्धता समेत व्यक्तगर्नु भयो । साथै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण निकायहरु, ग्राहक महानुभावक एंव शुभचिन्तकहरु लाई हृ्रदय देखि नै धन्यवाद ज्ञापन गर्नुभयो । उक्त साधारण सभामा संस्थापकएंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

हरेक क्षेत्र र वर्गकाग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरु लाई सेवाप्रदान गर्दै आईरहेको छ ।