सुनाखरी न्युज/ काठमाडौं । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्लाका सिमावर्ती एरियामा रहेका प्रहरी युनिटका प्रमुखहरुसंग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरी आवश्यक निर्देशन दिनु भएको छ ।
माई नदी पश्चिमका सिमावर्ती क्षेत्रका सुरक्षा युनिटहरुलाई दमकमा र माई पुर्वका सिमावर्ती एरियाका सुरक्षा युनिटका प्रमुखहरुलाई शशस्त्र प्रहरी बल १ नम्बर गण भद्रपरमा एक कार्यक्रमको आयोजना गरी निर्देशन दिनु भएको हो । चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा सुरक्षा ब्यबस्थालाई मध्येनजर गर्दै सिमावर्ती क्षेत्रबाट हुन सक्ने चोरी तस्करी नियन्त्रण र बिबिध अपराधिक गतिबिधि नियन्त्रणका लागी सिमा एरियामा रहेका प्रहरी युनिटका प्रमुखहरुसंग छलफल तथा अन्तरक्रिया गरी आवश्यक निर्देशन समेत दिनु भएको हो ।
उक्त कार्यक्रममा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, कोशी प्रदेशका शशस्त्र प्रहरी प्रमुख शशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोख्रेल, झापा जिल्लाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, नेपाल प्रहरी र शशस्त्र प्रहरी बल नेपालका सिमा सुरक्षा युनिटका प्रमुखहरु लगायत झापा जिल्लाका शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभागका सुरक्षा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।