सुनाखरी न्युज / काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलको बंकरमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् । प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीहरूमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन्।
सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएको जानकारी गराए । विपिनले जतिसक्दो चाँडो उद्दार गर्न आग्रह गरेका थिए।
सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इजरायल गएका थिए। जसमध्ये सुदूरपश्चिमका ७ जनासहित १० जना विद्यार्थीको निधन भएको परराष्ट्रमन्त्रालयले पुष्टि गरेको छ। जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’