२०८१ पुष २२ , सोमवार

हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड सञ्चालनको तयारी

hetauda-hospital

सुनाखरी न्युज /  काठमाडौं ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालन गर्ने सो अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा। रामचन्द्र सापकोटाले जानकारी दिए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेको मानव सेवा आश्रममा ३० श(या क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र सञ्चालनको तयारी गरिएको छ ।

 

मङ्गलबार औपचारिक उद्घाटन हुने भए पनि आगामी मङ्सिरदेखि पूर्ण रूपमा मनोपरामर्श सेवा दिइने प्रतिष्ठानका शिक्षाध्यक्ष एवं मनोचिकित्सक डा। सुरेन्द्र शेरचनले बताउनुभयो । गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको अवस्थामा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालनको तयारी गरिएको हो । हेटौँडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञ २ देखि ५ बजेसम्म विस्तारित ओपिडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

 

“जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्छौं, अहिले मकवानपुरका दुई वटा गाउँपालिका केन्द्रमा महिनाको एक दिन ओपिडी सेवा प्रदान गर्ने गरी काम भइरहेको छ,” डा। शेरचनले बताउनुभयो । सामुदायिक फार्मेसी सेवा र जिल्लाभर मासिक रूपमा मानसिक रोग विशेषज्ञसहितको टोलीले मानसिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रसाई बताउँछन् ।

 

प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । मानसिक रोगका बिरामीलाई उपचार तथा पारिवारिक पुनःस्थापनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।