२०८१ आश्विन ७ , सोमवार

महागफाडीमा छानीए उत्कृष्ट १८ प्रतिस्पर्धी

Mahagafadi-Announcement

सुनाखरी न्युज /  काठमाडौं।

टेलिभिजन रियालिटी शो ‘महागफाडी’मा १८ जना प्रतिस्पर्धी छनोट भएका छन । शोका निर्देशक नरेशनाथ योगी ( किंग योगी)  का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १ सय जना प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो। जसमध्ये टप १८ प्रतिस्पर्धी छानिएका छन्।

 

छनोट भएकोमा शुभमसिंह भूमियार, अमरेन्द्र यादव, अनिल राई, दीपेश घिमिरे, हरि गजुरेल, हुकुमबाबु वली, कृष्ण भुर्तेल, पुजन नेपाल, रेशम सापकोटा, सञ्जीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, डिल्लीराज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छन् । ढाकाटोपी फिल्म्स ब्यानरमा निर्माण भइरहेको शोमा आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई महागफाडी को रूपमा प्रस्तुत गर्नुपर्ने छ।

 

१६ हप्तासम्म चल्ने कार्यक्रमको फिनाले अष्ट्रेलिया र वल्र्ड टुरको सुरुवात क्यानडाबाट गरिने आयोजक संस्थाले जनाएको छ । दर्शकको भोटका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ । कार्यक्रम प्रसारण हुने टेलिभिजन च्यानलबारे भने केही खुलाइएको छैन । शोको निर्णायकमा कमेडियन शैलेन्द सिंखडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ छन् । अभिनेता कामेश्वर चौरासियाले यो शो होस्ट गर्नेछन् ।

 

महागफाडीको विजेताले १५ लाख नगद तथा सवारी साधन, फस्र्टरनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ। जसको भोटिङ पार्टनरको रूपमा माई पे रहेको छ। रियालिटी शोको डिजिटल राइट्स र प्रसारण हुने टेलिभिजन च्यानल बारेमा कुनैपनि जानकारी आयोजक संस्थाले दिएको छैन।