२०८१ आश्विन ७ , सोमवार

भुवन केसीलाई नीर शाहको चेतावनी

Nir-Shah-Bhuwan-KC_vJYmQx8624

सुनाखरी न्युज /  काठमाडौं ।

अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको उद्देश्य र भावनाविपरित गएर अध्यक्ष भुवन केसीले काम गरिरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चलचित्र निर्माता संघको वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले फिल्मकर्मीहरुको भावनाविपरित जान थालेको अवस्थामा बोर्डको कुर्सीबाट विस्थापित गर्न सक्ने समेत चेतावनी दिए ।

 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रस्तावित फिल्म विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागि परेको दाबी गर्दै फिल्मकर्मीको सल्लाह सुझावअनुसार विधेयक अघि बढ्ने बताए।चलचित्र विकास बोर्डलाई केही काम गर्ने अधिकार नभएको भन्दै लाचार बने। बोर्डको अधिकार सबै मन्त्रालय नियन्त्रणमा राखेको उनको भनाइ छ। ४० वर्षअघिको ऐन अहिलेसम्म किन पास नभएको भन्दै उनले निवर्तमान अध्यक्षहरूमाथि प्रश्न गरे।

 

‘४० वर्ष अघिदेखिको ऐन अहिलेसम्म किन पास भएको छैन? म जागिर खानलाई आएको हैन। यदि कोही व्यक्ति भोलिको दिनमा भुवन केसी यहाँबाट गएको एक महिनाभित्रमा ऐन पास गर्छु भनोस्, म अहिले नै जागिर छोड्न तयार छु’, उनले भने।