२०८१ आश्विन ७ , सोमवार

‘लोकल हिरो’मा दयाहाङ र मिरुना

Dayahang-Rai-and-Miruna-Magar

सुनाखरी न्युज  / काठमाडौं ।

पछिल्लो समयका चर्चित तथा सफल फिल्म जोडी हुन अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर । यो जोडीको लगातार तीन फिल्म हिट भएको छ । निर्माता सरोज न्यौपानेले यो फिल्म आगामी फागुन २५ गते रिलिज हुने जनाए । रोमान्टिक–कमेडी–सोसल ड्रामा जनरामा बन्ने यो फिल्मलाई बलिउडका ठूला फिल्ममा काम गरिसकेका विश्वास तिमल्सिना र राज ऋषिले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

 

यस्तैमा दयाहाङ र मिरुनालाई जोडीको रूपमा लिएर फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले दयाहाङ र मिरुनालाई मुख्य भूमिकामा अनुबन्धित गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता समेत भैसकेको छ । रोमान्टिक, कमेडी तथा सामाजिक कथामा बन्ने यो फिल्म विश्वास तिमल्सिना र राज ऋषिले मिलेर निर्देशन गर्दैछन् ।

 

यी दुईले बलिउडका केही ठूला फिल्ममा काम गरेको बताइन्छ ।तिहारलगत्तै छायांकन सुरु हुने यो फिल्मको बजेट तीन करोड रुपैयाँ हुने जनाइएको छ । काठमाडौं, काभ्रेपलाञ्चोक र झापा जिल्लामा फिल्म छायांकन तयारी छ । अभिनेता दयाहाङ राईले ‘सम्बोधन’पछि अनन्या फिल्म्स ब्यानरसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् ।