२०८१ मंसिर १३ , बिहिवार

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

hattya

सुनाखरी न्युज /  काठमाडौँ ।

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ ।केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए ।उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए ।

 

किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालिन् ।प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे ।किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ ।प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या आरोपित सुनिलले ती किशोरी र उनकी आमासँग समानान्तर रुपमा प्रेम सम्बन्ध राख्दै आएका थिए । किशोरीको हत्या भएको दिन आमा भने चिनजानकै एक जनाको मृत्युपछि परिवारलाई सान्त्वना दिन गएकी थिइन् ।सोही मौका पारेर किशोरीलाई भेट्न आएका सुनिलले बिहेको दबाब झेल्न नसकेर किशोरीको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यामा सुनिलले आफ्ना एक साथीको सहयोगसमेत लिएको खुलासा भएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।