२०८१ पुष २९ , सोमवार

गण्डकी प्रदेशमा प्रहरीको भूमिका प्रशंसनीयः मुख्यमन्त्री पाण्डे

Capture

सुनाखरी न्युज/काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सिमित साधनस्रोतका बाबजुद गण्डकी प्रदेशमा नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

May be an image of 12 people
“६८ औं प्रहरी दिवस २०८०” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउनुभयो । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताउनुभयो ।प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो ।

May be an image of 4 people and text that says 'प्रहरी दिवस'

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार समेत प्रदान गर्नुभयो । मुख्यमन्त्री पाण्डेले उत्कृष्ट जिल्ला प्रहरी कार्यालय प्रमुख जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवर , उत्कृष्ट अनुसन्धानकर्ता प्र.ब.ना.नि. राम बहादुर क्षेत्री, उत्कृष्ट बाह्य प्रशिक्षक प्र.ना.नि. रुद्र बहादुर दरै र प्र.ज.किरन थापा, उत्कृष्ट सूचना सम्प्रेषण तथा जनसम्पर्क तर्फ प्रहरी सहायक निरीक्षक सहदेव पौडेल, उत्कृष्ट अभिलेख व्यबस्थापन तर्फ प्रहरी सहायक हवल्दार कृष्ण रेग्मी, उत्कृष्ट सवारी चालक तर्फ प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा र उत्कृष्ट साहसिक तथा जोखिम व्यबस्थापन तर्फ प्रहरी जवान कुमार फाल मगर लाई प्रशंसा पत्र प्रदान गर्नुभयो ।

May be an image of 2 people

अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गरीदिनुहुन गण्डकी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश प्रहरी उपरिक्षक बिनोद शर्माले बाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री सहित अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो ।

May be an image of 9 people and text

तस्बिर : Gandaki Province Police Office, Pokhara गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको फेसबुक पेज बाट