२०८१ आश्विन ७ , सोमवार

बनेपा महोत्सवमा साङ्गीतिक आकर्षण

banepa2021-05-26-09-05-05_sHcvW3RVfY_89ekgyljdxqc8wx710syy61pcabnqqxhpbnojyow1qeeulg2u7a0hrmaox6r_L6FyRDApHb_rizbwrpxs2ffvxonxtrabkhcposxve7enthnbhnmneuvi7h10luwkpjtphyv

 

सुनाखरी न्युज  / काठमाडौं ।

काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा १६ दिने व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण सञ्चालन भइरहेको छ । महान चाड दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा गत असोज १९ गतेदेखि बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा आयोजित उक्त मेला–महोत्सव सङ्गीतमय बन्दै गएको छ । यही कात्तिक ४ गते शनिबारसम्म सञ्चालन हुने महोत्सवमा विशेषगरी चर्चित गायकगायिकाद्वारा विभिन्न प्रकारका गीत–सङ्गीतको प्रस्तुतिले साङ्गीतिक रौनकता थपिँदो छ । दैनिक अपराह्नदेखि गीत–सङ्गीतको प्रस्तुतिमा दर्शक एवं अवलोकनकर्ताको भीडभाड हुने गर्दछ । अन्य समय भने फाटफुट मात्रै मेला अवलोकनकर्ता देखिने गरेका छन् । चर्चित कलाकारको प्रस्तुतिमा दैनिक करिब दुई हजारसम्म दर्शक गीत–सङ्गीतमा रमाइरहेका देखिन्छन् ।

 

दैनिक गीत–सङ्गीतको प्रस्तुतिको कार्यक्रमअन्तर्गत् चिर्चित गायकगायिका राजनराज शिवाकोटी र सहिमा श्रेष्ठ, चर्चित लोकदोहोरी गायकगायिका पशुपति शर्मा, प्रतिमा अर्याल, गायक दुर्गेश थापा, रमेश प्रसाईं र कल्पना दाहाल, एलिना चौहान र रचना रिमालले दर्शकलाई मनोरञ्जन दिएका थिए । यस्तै कलाकारहरु बेनिसा पौडेल, सुरेन्द्र श्रेष्ठ, उत्कर्ष दाहाल, मानस राज, विशाल थिङ, श्रवण रिमाल, योजना खड्गी, कुसुम गुरुङ, एञ्जिला रेग्मी, विक्रम सुवाल, रीता केसी, मदन विष्ट, मुना रोक्का, सूर्यमणि आचार्य, अस्मिता खनाल, ज्योति मगरलगायतले आफ्ना प्रस्तुति दिइसकेका छन् । महोत्सव अवलोकन गर्न आउने दर्शकले विभिन्न गायक तथा कलाकारको प्रस्तुतिबाट मनोरञ्जन लिइरहेको आयोजक संस्थाका अध्यक्ष महेश कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन गायिका प्रीति आले, महेश मुखिया तथा दोस्रो दिन गायक कर्णराज गिरी, सरु गौतम, रमेश श्रेष्ठ ९मेलोडी०लगायत कलाकारले गीतमार्फत मनोरञ्जन दिएका थिए ।

 

सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुदको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले उद्घाटन गर्नुभएको थियो । मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरिनाका साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिएको छ । ऐतिहासिक एवं प्राचीन सहर बनेपा काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक केन्द्र हो ।

 

यो सहरमा धेरै पहिलादेखि घाम र हावाको सन्तुलन मिलाउन ठाउँठाउँमा ९चोक०, पानीका लागि ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली बनाइएका छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौवटा डबली र ९९ वटा इनार भएको सहर हो ।यसअघि, गत माघमा बनेपा ९भ्वतः०को ऐतिहासिक महत्व उद्देश्यले सांस्कृतिक महोत्सव आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइयो । रासस