२०८१ मंसिर ९ , आइतवार

नेप्सेमा गिरावट

Share-Working

सुनाखरी न्युज / काठमाडौं । शेयरमा अघिल्ला दुई कारोबार दिनमा देखिएको उत्साह बिहीबार भने टुटेको छ । आज शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अंकको गिरावट भएको हो ।

कारोबार बन्द हुँदा नेप्से सूचक १९०१.८९ बिन्दुमा झरेको छ । आजको कारोबारमा जम्मा ८० कम्पनीको शेयरमूल्य वृद्धि भए पनि १५० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । ६ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार ९७ करोड ६१ लाख रुपैयाँको कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्‌ । अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले प्रतिकित्तामा २२ रुपैयाँ गुमाउँदै सर्वाधिक नोक्सानी ब्यहोरेका छन्‌ ।

नबिल बैंक लिमिटेड प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । यो कम्पनीको ५ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसअघि नेप्से मंगलबार १३.१८ र बुधबार ४३.२७ अंकले बढेको थियो । तर, साताको अन्तिम कारोबार दिनमा वृद्धि टिकाउन कारोबारीहरू असफल भएका हुन्‌ ।