सुनाखरी न्युज/ काठमाडौं ।
निरन्तर एक पछि अर्को रेकर्ड वनाएको सुनको मूल्य शोमबार भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको हो ।
छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।
गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
शोमबार चाँदीको मुल्य पनि घटेर प्रति १० ग्राम १ हजार २ सय ९ मा झरेको छ ।