२०८१ पुष १३ , शनिवार

हेमजामा भएका ट्याक्टरको भाडादर एकरुपता

Capture

गोविन्द तिमिल्सिना/ हेमजा । पोखरा महानगरपालिका वडा न. २५ वडा कार्यलयले हेमजामा रहेका तथा हेमजामा कृषि प्रयोजनका लागि आएका ट्याक्टरको भाडादरमा एकरुपता ल्याएको छ ।

अहिले ट्यक्टर ब्यबसाहिले लिदै आएको भाडामा मनपरि भएको भन्दै जनगुनासो आएकाले एकरुपता बनाउनु पर्नेमा जोड दिदै वडामा बैठक बसि यस्तो निर्णय गरिएको हो ।वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले ठुलो ट्याक्टरलाई प्रति घण्टा रू २ हजार ३००, मझौला(पावर टेलर)ट्याक्टरलाई प्रति घण्टा रु. १ हजार ५०० र .सानाे हाते ट्याक्टरलाई प्रति घण्टा रु. १हजार २०० मा जोट्नु पर्ने निर्णय भएको छ । बैठकमा वडा कृषि संजालको साथमा ट्याक्टर संचालकको सहभागीता रहेको थियो ।

हेमजामा कृषि गर्ने समय भएको हुदा ट्याक्टरको भाडादरमा एकरुपता ल्याउने निर्णय गरिएको वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । उहाँले ताेकिएकाे दर भन्दा बढी लिएको पाईएमा नियमानुसार कारवाही गरिने भएकोले बढी पैसा लिए कृषकले जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्नुभयो ।