२०८१ मंसिर ८ , शनिवार

म्याकएडब्लु र म्याकटाइटानियम ल्युब्रिकेन्टस् नेपाली बजारमा सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्घ म्याकल्युब्रिकेन्टस् र नेपालका लागि म्याकल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्गप्रा. लि.ले म्याक लुब्रिकेन्टस् सँगको सहकार्य २१ वर्ष पुरा भएको अवसरमा म्याककानयाँ दुई प्रोडक्ट एडब्लु र टाइटानियम नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कार्यक्रमा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फ बाट पि सुधाहर–कार्यकारी निर्देशक, अमरप्रित सिंह आलुवालिया–हेड ल्युव, ईस्ट्रन रिजन स्ट्राटिजि, श्री मनिन्दर सिंह–डिजिटलट्रान्सफरमेशनचिफम्यानेजर, सिप्रदी टे«डिङ्गप्रा. लि.का तर्फबाटप्रमुखकार्यकारी अधिकृतश्री राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालनअधिकृत  राजेश प्रसाद गिरी, चिफम्यानेजर दिनेश के.सि. साथै म्याकका नेपालभरी रहेका डिलरहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा उपस्थित महानुभावहरु लाई स्वागतगर्दै सिप्रदी कम्पनिका प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आगामी योजनाको बारेमाप्रष्टपार्नुभएको थियो । आफ्नाच्यानलपार्टनरहरुलाई सम्बोधनगर्दै आवश्यक सिप तथा तालिमका लागि कम्पनीका तर्फ बाट पूर्ण रुपमा सहयोग गर्न तयार रहेको र समृद्धीकालागि हरदम सँगै रहने प्रतिबद्धताव्यक्तगर्नुभयो । उक्त कार्यक्रममा कम्पनीका चिफ म्यानेजर श्री दिनेश के.सि.ले कम्पनीको आगामीकार्ययोजना र उद्देश्यकोबारेमा स्पष्टपार्नुभएको थियो । उक्त कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड र सिप्रदी टे«डिङ्ग प्रा. लि.का प्रतिनिधिहरुद्वारा सिक्काएप सार्वजनिक गरियो । साथै आफ्ना च्यानल पार्टनरहरुको व्यवसायलाई आधुनिकतथाव्यवस्थितगर्नका लागि सो एप अत्यन्त उत्कृष्ट माध्यमहुने बिश्वास पनिव्यक्तगरिएको थियो ।

 

कार्यक्रममा नेपालभरी रहेका सिप्रदीसँग आवद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको अन्त्यमाकम्पनीको तर्फबाट प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले सबै सम्मानित सहभागीहरु लाई बधाई दिँदै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवादज्ञापन गर्नु भयो । साथै कम्पनिले अपनाउने आगामीे रणनीतिव्यक्त गर्दै हातमाहात मिलाई निरन्तर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।