सुनाखरी न्युज/ काठमाडौं ।
सफल ‘मर्जरु नीतिले ग्लोबल आइएमई बैंकले आफूलाई देशकै ठूलो बैंककोरुपमा उभ्याउन सफल भएको छ । नेपालमा बैंकहरु स्थापना हुने लहर चलिरहँदा १८ औँ वाणिज्य बैंकको रुपमा स्थापना भयो ग्लोबल बैंकले स्थापनाको छोटो अवधिमा नै आफूलाई देशकै नम्वर वान बैंकको रुपमा पुर्याउन सफल भएको हो ।
स्थापनाको निकै छोटो अवधिमै ग्लोबल आइएमई बैंकले ठूलो ‘फड्को’ मारेको छ । त्यो फड्को संख्यात्मक र गुणात्मक दुबैमा छ । अंकमा हेर्ने हो भने यो ग्लोबल आइएमई बैंक अहिले मुलुकको सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंक बन्न सफल भएको छ ।
गुणात्मक दृष्टिकोणले हेर्ने हो भने पनि बैंक विश्वासशिलो र भरपर्दो छ । अध्यक्ष ढकालको स्पष्ट भिजन, लक्ष्य र सही मर्जर नीतिले छोटो समयमा अधिकांश वित्तीय सूचकहरुमा यस बैंकले ठूलो सफलता प्राप्त गरेको हो ।
ग्लोबल आइएमई बैंक ‘नम्बर वान’ बन्नुको अर्को कारण हो सफल ‘मर्जर’ नीति नै हो । तत्कालीन गभर्नर डा. युवराज खतिवडाले २०६८ सालमा मर्जर नीति ल्याए, राज्यको त्यही नीतिलाई तदारुकताका साथ कार्यान्वयनमा ल्याउने निर्णय सँगै बैंकको गति रफ्तारमा बढ्यो ।
ग्लोबल आइएमई बैंक छोटो समयमै सफल हुनुमा सफल ‘मर्जरु नीतिका अलावा दूरदृष्टि र राज्यको नीतिलाई सहयोग गर्दै बिजनेश गर्ने रणनीति भएको बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल वनाउँछन् ।
‘भुईमान्छे’बाट माथि उठेर शिखरमा पुगेका व्यक्ति हुन् ढकाल । जसले मुलुककै सबैभन्दा ठूलो कर्पोरेट ग्रुपका रुपमा आइएमई ग्रुप स्थापना गरे र उचाइमा पुर्याए । उनी आफ्नो व्यवसायमा मात्र सफल भएनन् निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठनको अध्यक्ष समेत बनेका छन् ।
ग्लोबल आइएमई बैंकको नाम जोडिनेवित्तिकै ग्राहकको मानसपटलमाचन्द्र ढकालको नाम आउँछ । उनैको दूरदृष्टिले आइएमई ग्रुप मात्र नभई अहिले ग्लोवल आइएमई बैंक समेत मुलुककै नम्वर वान बैंक वन्न पुग्इो ।
ढकालको बिजनेश रणनीति अरुको भन्दा फरक छ । उनी सवैको मन जितेर अगाडि बढसन चाहने ब्यक्ति हुन् । राज्यको नीतिलाई सहयोग गर्दै बिजनेश गर्नु उनको मुख्य नीति हो । सरकारको प्राथमिकताका क्षेत्रमा लगानी गर्ने हो भने सफलता पाउन सकिन्छ भन्ने उनको मान्यता छ । जुन कुरा उनले आफ्ना हरेक व्यवसायमा लागु गरेका छन् ।
सरकारले विदेशबाट आउने रकमलाई औपचारिक च्यानलमा ल्याउन प्रयास गरिरहेको बेला आइएमई रेमिट स्थापना गरे । जसले विदेशबाट अनौपचारिकरुपमा आइरहेको रकमलाई औपचारिक च्यानलमा ल्याउन ठूलो र मूख्य भूमिका खेल्यो ।
सरकारले वित्तीय पहुँच र वित्तीय साक्षरतालाई प्राथमिकता दियो, ढकालको अगुवाईमा बैंक खुल्यो । सरकारले बीमालाई प्राथमिकता दियो, उनले बीमा खोले । सरकारले हाइड्रोपावरलाई प्राथमिकता दियो, उनले हाइड्रोपावरमै लगानी गरे । त्यस्तै, सरकारले पर्यटन, पूर्वाधार, आइटी र स्टार्टअपलाई प्राथमिकता दियो, उनले ती क्षेमा लगानी बढाइरहेका छन् । ‘हामीले धेरै काम गरेका होइनौं, सरकारले प्राथमिकता दिएका क्षेत्रमा लगानी गरेर सरकारको सपना साकार बनाउन लागि परेका हौं,’ ढकालले भने ।
ढकालले आम जनताको आवश्यकता र राज्यको प्राथमिकतालाई बुझेर गरेको लगानीले उनलाई निकै राम्रो प्रतिफल दिइरहेका छन् । ग्लोबल आइएमई बैंक पनि त्यही लयमा छ । जसले मुलुकका वाणिज्य बैंकलाई उछिन्दै ‘नम्बर वान’ बन्न सफल भएको छ । जुनबेला ग्लोबल बैंकलाई आइएमई फाइनान्ससँग मर्जरमा लगेका थिए, त्यसबेलासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा गएका थिएनन् भन्दा अत्युक्ति हुँदैन ।
अहिले बैंकहरु मर्जरमा जान निकै मेहनत गरिरहेका छन् । कतिलाई पार्टनर खोज्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई बैंकले २०६८ सालको पहिलो मर्जरदेखि जनता बैंकसम्म आउँदा १८ संस्थासँग मर्जर गरेर बैंकिङ उद्योगमा मर्जरको एक इतिहास प्रस्तुत गरेको छ ।
उनी ग्लोबल आइएमई बैंकलाई मुलुकको सर्वश्रेष्ठ बैंक बनाउनु पर्छ भन्ने ‘भिजन’ शुरुदेखि लिएर हिँडिरहेका थिए । उक्त भिजन पूरा गर्न मुलुकभर नेटवर्क आवश्यक थियो । नेटवर्क विस्तार गर्न लगानी वृद्धि वा एफपीओ एउटा उपाय थियो । तर, नेटवर्क विस्तार गर्न मर्जर सबैभन्दा राम्रो उपाय हो भन्ने उनलाई लाग्यो । जसले कर्जा र निक्षेप संकलन बढाउन, नेटवर्क विस्तार एकै पटक गर्न सकिन्थ्यो ।
वि. सं. २०६८ माघ २० मा पहिलो पटक ग्लोबल बैंक र आइएमई फाइनान्स मर्ज भए । दुई संस्थाका लगानीकर्ता आइएमई ग्रुपका थिए । यही समानताले पनि पहिलो मर्ज सफल भयो । ग्लोबल बैंक र आइएमई फाइनान्सबीचको मर्जर मुलुककै पहिलो मर्जर थियो । यहीँबाट बैंक तथा वित्तीय संस्थाबीचको मर्जर पनि शुरुभयो । आइएमई फाइनान्ससँगसँगै मर्जरमा आयो लर्डबुद्ध फाइनान्स । आइएमई र लर्डबुद्ध फाइनान्स मर्जरमा आएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु भयो । ग्लोबल आइएमईको मर्जर र प्राप्तिको क्रम यत्तिकै रोकिएन । झन्डै आठ महिनापछि मर्जरमा आए दुई विकास बैंक– सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक ।
मर्जरको परिणाम सकारात्मक आउन थाल्यो । व्यवसायीकरुपमा सफलताहरु प्राप्त हुन थाल्यो । तीनवटा संस्थासँग सफल मर्जर गरेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ दि इयर २०१४’ बाट सम्मानित भयो । त्यसै वर्ष ‘क’ वर्गको कमर्ज एन्ड ट्रस्ट बैंकलाई आफूमा गाभेको बैंकले अस्ट्रेलियामा सम्पर्क कार्यालय समेत खोल्यो ।
सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ अवार्ड हात पारेको ग्लोबल आइएमईले लमजुङमा भएको प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग मर्ज भयो । रियायबल विकास बैंक ग्लोबलमा गाभिनुअघि उसले कन्जुमर डेभलपमेन्ट बैंकलगायत ३ वटा विकास बैंकलाई आफूमा गाभेको थियो ।
ग्लोबल आइएमई बैंकले मर्जरलाई अझ तीव्रता दियो । बैंक विस्तारै ठूलो आकारको भइरहेको थियो । यहाँसम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा माथि लागिसकेको थियो । यसैक्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमईमा गाभिन आइपुग्यो ।
विकास बैंक र फाइनान्सहरुलाई आफूमा गभिरहेको ग्लोबल आइएमई बैंकले अब भने ‘बिग मर्जर’ नीतिलाई अगाडि बढायो । जनता बैंक सञ्चालनमा आएको ६ वर्ष भइसकेको थियो । यसको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ थियो । ग्लोबल आइएमई बैंकको नजर जनता बैंकमा पर्यो । जनता बैंकसँग ‘मर्जको प्रकृया अघिबढ्यो ।
दुई बैंकले मर्जरमा जाने निर्णय गरेको ६ महिनामै सबै काम सम्पन्न भयो । र, २०७६ मंसिर २० देखि एकीकृत कारोबार शुरु भयो । दुई ठूला बैंक मर्जरमा जान सामान्यतया एकदेखि डेढ वर्ष लाग्छ । तर, ग्लोबल आइएमई र जनता बैंकबीचको ‘मर्जर’ छोटो समयमै सम्पन्न भयो ।
जनता बैंक ग्लोबल आइएमई बैंकसँग मर्जरमा जानुअघि ८ वटा अन्य साना वित्तीय संस्थालाई आफूमा गाभिसकेको थियो । ग्लोबल आइएमईले आफूले गाभेका, रिलायबल फाइनान्सले आफूमा गाभेका र जनताले आफूमा गाभेका बैंक तथा वित्तीय संस्था तथा पछिल्ले बैंक अफ काठमाडौं सँगको मर्जर जोड्दा डेढ दर्जन बढी संस्था ग्लोबल आइएमई बैंकसँग गाभिएका छन् ।