२०८१ मंसिर ८ , शनिवार

मुगुको लोकप्रिय माविमा सामुदायिक पुस्तकालय स्थापना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।
मधुवन प्रकाशन, काठमाडौँ उपत्यका सार्वजानिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलो पटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गर्नुभयो । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो । हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुईहजार ४०० पुस्तक सङ्कलन भइसकेको जनाइएको छ । विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गर्नुभयो ।रासस