सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार पहेंलो धातु सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो ।
यो दिन छापावाला सुनको भाउ १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।अघिल्लो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।