सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । यो मूल्य अघिल्लो कारोबार दिनभन्दा ६००रुपैयाँले बृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुन भने प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, चाँदीको भाउ भने आज ३५ रुपैयाँले बढेको छ ।
यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य २ हजार २ डलरमा कारोबार भइरहेको छ ।