२०८१ पुष २५ , बिहिवार

उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँगको भएको सङ्घर्षमा आठ आतङ्कवादीको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ ।

सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारवाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ ।

“कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतङ्कवादी मारिए”, कारवाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको उल्लेख गर्दै आइएसपिआरले भनेको छ ।

मारिएका आतङ्कवादीहरू सुरक्षा बलका साथै निर्दोष नागरिकविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरूपमा सामेल भएको विज्ञप्तिमा उल्लेख छ । उक्त क्षेत्रमा आतङ्कवादीहरूको अस्तित्वलाई समाप्त पार्नका लागि यस्ता कारवाहीहरू सञ्चालन भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । रासस/सिह्न्वा