२०८१ पुष २७ , शनिवार

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।
काठमाडौंःबैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले KIOSK मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत outward clearing चेक अब ग्राहक स्वयंले KIOSKसोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकुलपारि कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्नेछन् ।यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रुपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिए ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ ।बैंककाअनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँबानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवलशाखामा यो सुविधापाउन सकिनेछ ।

नबिलबैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदानगर्दे आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्यापुगेको छ ।