सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। नीतिको समीक्षामा ढिलाइ भएको प्रतिक्रिया गभर्नर अधिकारीले दिएका थिए।अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिको पहिलो समीक्षाको विषयमा चासो व्यक्त गरेका छन्।
समीक्षा सार्वजनिक गर्नुअघि राष्ट्र बैंक बोर्ड बैठकबाट पारित गराउनुपर्ने भएकाले आजै बोर्ड बैठक बसेर पारित गराएर सार्वजनिक गर्ने तयारी रहेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।
उनका अनुसार साँझ बोर्ड बैठक बस्नेछ । अहिलेको मौद्रिक नीति समीक्षालाई विशेष चासोका साथ हेरिएको छ । बढिरहेको ब्याजदर यहि समीक्षामार्फत घटाउन सक्ने गरी केन्द्रीय बैंकले नीति लिनसक्ने आंकलन गरिएको छ ।पछिल्लो समय ब्याजदरलाई लिएर भएको बजार असन्तुष्टि सडकसम्मै पोखिएको थियो ।