२०८१ पुष २७ , शनिवार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः के के भयो परिवर्तन ? (पूर्ण विवरण सहित)

nrb-nepal-rashtra-bank-1024×573

सुनाखरी न्युज/ काठमाडौं ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । जस अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाएपछि घट्दो क्रममा रहेको ब्याजदर झनै घट्ने भएको हो ।

शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक समीक्षाअनुसार बैंकदर ०.५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो ।

‘मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ । नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत कायम गरिएको छ,’ पहिलो त्रैमासिक समीक्षामा भनिएको छ, ‘निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।’

आर्थिक वर्ष ०८०-८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा