२०८१ मंसिर १३ , बिहिवार

मौद्रिक नीतिको समीक्षाः बैंक दर र नीतिगत दर घट्यो, शेयर बजारमा कस्तो पर्ला प्रभाव ?

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको छ ।चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै शुक्रबार  राष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो ।

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५।५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

 

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यादिशालाई लचिलो बनाएको केन्द्रीय बैंकले जनाएको छ ।