२०८१ पुष २८ , आइतवार

सुर्तीजन्य पदार्थ जफत गर्न थाल्यो काठमाडौंमा महानगर प्रहरी

surti

सुनाखरी न्युज / काठमाडौं ।

पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ काठमाडौं महानगरपालिकाले  बिहीबारदेखि जफत गर्न थालेको छ ।

काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो ।

 

महानगरपालिकाले सूर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विहान मात्रै महानगर प्रहरीले बालाजु लगायतका स्थानबाट २ बोरा, जडिबुटी र कोटेश्वर क्षेबाट २ झोला र अरु विभिन्न क्षेत्रबाट ३ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीले जानकारी दिए ।

महानगर प्रहरीले अनुगमनका लागि १०-१० जनाको पाँच टोली परिचालन गरेको छ । त्यस्तै सादा पोशाकमा पनि प्रहरी परिचालन गरेको छ ।