२०८१ पुष २८ , आइतवार

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ८ जना पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।
कास्की, पोखरा महानगरपालिका-६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-९ घर भएका २७ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा महानगरपालिका-१७ ड्यामसाईड घर भएका २१ वर्षीय बिजन सापकोटा रहेका छन् । वडा प्रहरी प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सन्दिपलाई १ किलोग्राम गाँजा र बिजनलाई ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका-१० रंगशाला गेट अगाडि रहेको खाजा घरका संचालक देवी मायाँ गुरुङलाई अवैध लागूऔषध गाँजा १ किलो २८० ग्राम र नगद ८७ हजार ४ सय ३५ रूपैयाँसहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको प्रहरीले खाजा घर तलासी गर्दा दराजभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो रंगको जस्तो देखिने धुलो पर्दाथ १ ग्राम ८ सय २० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैयागाँउ बस्ने ३५ वर्षीय भगन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका-५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद २२ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, धरान उपमहानगरपालिका-२० काखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित धनकुटा शहिदभूमी गाउँपालिका-१ सुन्तलाबारी बस्ने ४० वर्षीय रमेश राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको प्रहरीले को.२६ प २१३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।कञ्चनपुर, भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५९ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१ बस्ने ३४ वर्षीय जिवन डगौरा र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले प्र.से ४ प ४१९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।