२०८१ मंसिर १० , सोमवार

सैंबु ब्याडमिन्टन सर्कलको अध्यक्षमा थापा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुर । सैंबु ब्याडमिन्टन सर्कलको अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन् । शनिबार आयोजित पाचौं अधिवेशनले थापाको ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । सर्कलको संरक्षक र संस्थापक अध्यक्षमा शंकर थापामगर रहनुभएको छ ।

सर्कलको उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः धिरज कुँबर, गणेश ज्ञवाली, रविन्द्र थापामगर र मधुसुदन थापा निर्वाचित भएका छन् ।सदस्यमा क्रमशः सुरेन्द्र थापामगर, विनोद कुँबर, गोपालराम पौडेल , शैलेन्द्र थापा, सन्तोष थापा र श्याम विष्ट रहनुभएको छ ।

कार्यसमितिको पहिलो बैठकले कानुनी सल्लाहकारमा पुरुषोतम थापालाई चयन गरेको छ । साधारण सभामा ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्का ,संरक्षक एवं संस्थापकअध्यक्ष शंकर थापामगर लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकार्ी र सदस्यलाई शुभकामना दिएका थिए ।