२०८१ पुष २७ , शनिवार

यूक्रेनी सहर खेरसनमा आक्रमण, नौ घाइते

Capture

सुनाखरी न्युज / काठमाडौं ।
युक्रेनले राजधानी कीएभ र दोस्रो ठूलो सहर खार्किभलाई निशाना बनाई ड्रोन आक्रमण गर्दा खेरसनमा रूसी गोलाबारीबाट चार बालबालिकासहित नौ जना घाइते भएको जनाइएको छ ।

खेरसनका मेयर रोमन म्रोचकोका अनुसार ‘रुसी कब्जाकर्ताले खेरसनमा गोलाबारी गर्दा नौ जना घाइते भएका थिए । जसमध्ये दुई देखि १३ वर्ष उमेर समूहका चार बालबालिका थिए ।एक आमा तथा तीन बच्चालाई अस्पतालमा भर्ना गरिएको र उनीहको अवस्था सामान्य छ । उनीहरूलाई विस्फोटबाट चोट लागेको मेयरले टेलिग्राममार्फत बताउनुभयो ।

राजधानीको सैन्य प्रशासन प्रमुख सेर्ही पोप्कोका अनुसार, धेरै इरानी निर्मित ‘शाहेद’ ड्रोनहरू पनि यूक्रेनी वायु प्रतिरक्षाले खसालेका थिए जुन कीएभतर्फ केन्द्रित थिए ।अपरेशनले सारांशको प्रारम्भिक तथ्याङ्क अनुसार राजधानीमा कुनै क्षति पुगेको थिएन,” भने डिसेम्बरमा कीएभमा पाँचौं आक्रमण ब्ल्याक सीबाट गरिएको थियो ।

खार्किभका मेयर इगोर तेरेखोभले आफ्नो सहरका आवासीय भवनहरू नजिकै कम्तीमा दुईवटा आक्रमण भएको बताउनुभयो । आक्रमण तथा विनाशबारे जानकारी आउने क्रम जारी रहेको उहाँले टेलिग्राममार्फत जानकारी दिनुभयो ।मस्कोले पछिल्लो समयमा युक्रेनी शहरहरूमा रात्रिकालीन समयमा आक्रमण बढाएको छ भने पछिल्लो समय यूक्रेनलाई समर्थन गर्ने पश्चिमको इच्छा घट्दै गएको देखिन्छ ।

अमेरिकी सिनेटका प्रजातान्त्रिक तथा गणतान्त्रिक नेताहरूले मङ्गलबार वाशिङ्गटनले वर्षको अन्त्य अघि युक्रेनका लागि नयाँ सहायता अनुमोदन गर्न सक्षम नहुने बताउनुभएको छ । यद्दपी दुबै पक्षले सम्झौताको विन्दु खोज्ने काम जारी राखेका छन् ।  रासस/सिन्ह्वा