२०८१ मंसिर १५ , शनिवार

प्राग गोली काण्ड दुःखद् घटना : गुटेर्रेस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।

महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहो¥याउनु भएको छ ।

प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए । चेक सरकारले बिहीबार राति गोली काण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिनको शोकको घोषणा गरेको छ ।  रासस/एएफपी