२०८१ पुष २७ , शनिवार

अस्ट्रेलियामा हरेक बर्ष ६३ जनाको मृत्य हुने गरेको पुष्टि

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
अस्ट्रेलियाको राजधानीमा काठको हिटरबाट निस्कने धुवाँले हरेक बर्ष ६३ जनाको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ ।

अस्ट्रेलियाको राष्ट्रिय विश्व विद्यालयद्वारा शुक्रबार प्रकाशित अनुसन्धान रिपोर्टले राजधानी क्षेत्रमा बार्षिक ११ देखि ६३ जनाकोे काठको हिटरबाट निस्किने धुवाँको असरबाट मृत्य हुने गरेको उल्लेख गरेको छ ।अध्ययनका अनुसार काठको हिटरबाट हुने मृत्युको अनुमानित वार्षिक लागत ५७ देखि ३३३ लाख अस्ट्रेलियाली डलर रहेको छ ।

अनुसन्धानका प्रमुख लेखक तथा सरकारद्वारा अनुदान प्राप्त स्वस्थ्य वातावरण र राष्ट्रिय अनुसन्धान सञ्जालका निर्देशक सोटीरिस भारडोलाकीसले काठको हिटरहरू वायु प्रदूषणको प्रमुख स्रोत भएको बताउनुभएको छ ।उहाँका अनुसार हिटरबाट निस्कने धुवाँले दम लगायत श्वासप्रश्वास तथा मुटुसम्बन्धी रोग निम्ताई अकालमा हुने मृत्युको जोखिम बढाउँछ ।

स्थानीय भू–वनोटका कारण हावा स्थिर हुँदा चिसो र प्रदूषित हावाले जमिनमा जाडो मौसममा स्वास्थ्य अवस्था बिग्रिने उहाँको भनाइ छ ।अनुसन्धानका अनुसार वायु प्रदूषणको अतिरिक्त, काठको हिटरहरूले कार्बन डाइअक्साइड, मिथेनलगायतका ग्यास उत्पादन गरी जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गर्दछ ।

राजधानी क्यानबेरा र यसका वरपरका शहरहरू हेर्ने स्थानीय सरकारले अगस्टमा सन् २०४५ सम्ममा सबै काठ हिटरहरू विस्थापन गर्ने योजना घोषणा गरेको छ ।अनुसन्धान हेल राष्ट्रिय अनुसन्धान सञ्जाल तथा तस्मानिया विश्वविद्यालयको सुरक्षित हावासँगकोे सहकार्यमा गरिएको थियो । रासस/सिन्ह्वा