सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउन नेताहरू छलफलमा जुटेका हुन् ।