सुनाखरी न्युज/ काठमाडौं ।
सिन्धुपाल्चोकमा आइतबार राति ५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकमप मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको लिस्टिकोट रहेको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लामा पनि महसुस भएको छ ।