२०८१ पुष २७ , शनिवार

ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।ग्लोबल आइएमई बैंक पौष १७गते मंगलबारदेखि स्थापनाको १७वर्ष पुरा गरी १८ औँ वर्षमाप्रवेश गरेको छ ।यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षणआयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरीशाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मतीप्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा,लुम्बिनीप्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखातथादाङको नेपालगंजशाखा, कर्णालीप्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखार सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढीशाखामा रक्तदानकार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगतदानगरिएको छ । यसैगरि निशुल्क रुपमा७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षणएव्म परामर्श पनि प्रदान गरिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आमजनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।