२०८१ मंसिर १५ , शनिवार

‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताउनुभएको छ ।दक्षिणी बुसान शहरमा मङ्गलबार पत्रकारहरूले लीसँग समसामयिक बिषयमा प्रश्न गरिरहेका समय समर्थकको भेषमा आएका एक व्यक्तिले भीडलाई धकेलेर उनको घाँटीको बायाँपट्टि चक्कुले आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीले स्थानीय प्रसारक वाईटीएनलाई बताएअनुसार ५९ वर्षीय नेता पत्रकारसँग कुरा गरी आफ्नो कारमा जाँदै गर्दा आक्रमणकारीले उहाँको अटोग्राफ मागेका थिए ।टाउकोबाट शरिरमा फर्किने रगत नली (जुगुलर भेन) चोट लागेका लीलाई सुरुमा बुसानको अस्पतालमा लगिएको थियो भने पछि राजधानी सियोल लगिएको छ । दुई घण्टा लामो शल्यक्रियापछि अहिले उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

डेमोक्रयाटिक पार्टीका सांसद जङ चङ–रेले बुधबार पार्टीको बैठकमा भन्नुभयो, “बुसानका स्वास्थ्यकर्मीले आक्रमणकारीको चक्कुले लीको मष्तिस्कमा जाने नशा (क्यारोटिड आर्टिलरी) मा लाग्नबाट जोगिएको र उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएको हो । क्यारोटिड आर्टिलरीमा लागेको भए उहाँको तत्काल घटनास्थलमै मृत्यु हुन सक्ने थियो ।”“ली अहिले सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ तर अवस्था यति गम्भीर छ कि उहाँ पूर्व अवस्थामा पुग्न निकै कठिन छ,” उहाँले भन्नुभयो ।डेमोक्रयाटिक पार्टीका सदस्य तथा चिकित्सक काङ चियोङ हीले लीलाई ‘गम्भीर चोट’ लागेको बताउनुभएको छ ।योनहाप समाचार संस्थाका अनुसार प्रहरीले किम थर भएका ६६ वर्षीय संदिग्धको पक्राउका लागि पुर्जी जारी गरेको छ ।

योनहापका अनुसार जिल्ला अदालतले अनुसन्धानको क्रममा संदिग्धको घर र कार्यालयमा खानतलासी गर्न पक्राउ पूर्जी जारी गरेको छ र प्रहरीले आक्रमणको वास्तविक उद्देश्य पत्ता लगाउन ध्यान केन्द्रित गर्नेछ ।योनहापका अनुसार आक्रमणकारीले प्रहरीसँग उनको उद्देश्य लीको हत्या गर्नु रहेको बताएका छन् ।सांसद जङले भन्नुभयो, “आक्रमणकारीले आफूले लीको हत्या गर्न खोजेको कुरा स्वीकारेको छन् ।”

दक्षिण कोरियाली टेलिभिजन स्टेसनमा प्रसारित फुटेजमा प्रहरीले ली समर्थक नारा प्रदर्शन गर्ने संदिग्धलाई भुइँमा लडिरहेको देखिएको छ ।योनहापका अनुसार संदिग्ध किम सियोलबाट करिब ११५ किलोमिटर दक्षिणमा रहेको दक्षिण चुङछियोङ प्रान्तमा रियल स्टेट एजेन्टका रूपमा काम गर्दै आएका थिए ।बैंकबाट कार्यालयमा आएका सूचना र अन्य सामग्रीको हवाला दिँदै किमले आर्थिक कठिनाइको सामना गरिरहेको र सात महिनादेखि कार्यालयको मासिक भाडा तिर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

– गलत सूचना –

दक्षिण कोरियामा आगामी अप्रिल १० मा हुने महत्वपूर्ण निर्वाचनका लागि तयारी भइरहेको छ । निर्वाचनमा राष्ट्रपति युनको कन्जरभेटिभ पार्टीले सन् २०१६ पछि पहिलो पटक संसदीय बहुमत हासिल गर्ने लक्ष्य राखेको छ ।

विपक्षी डेमोक्रयाटिक पार्टीका लागि सन् २०२७ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनको तयारीका लागि आम निर्वाचनमा विजय हासिल गर्नुलाई महत्वपूर्ण पूर्वशर्तका रूपमा हेरिएको छ ।लीले अप्रिलमा हुने आम चुनावअघि आफ्नो दलको नेतापदबाट राजीनामा दिन आफ्नै पार्टीभित्रैबाट केही आह्वानको सामना गर्नुपरेको छ ।लीमाथि भएको आक्रमणको बारेमा गलत सूचना अनलाइनमा फैलिरहेको थियो, केहीले सम्पूर्ण घटना मञ्चन गरिएको दाबी गरेका थिए । तर दाबीलाई खण्डन गर्दै सांसद जङले घटनाबारे ‘क्रूर र भ्रष्ट’ भनाइ आउनु दुःखद कुरा हो ।

‘नक्कली चक्कुले नक्कली रगत’ र ‘युट्युबरले षडयन्त्रको सिद्धान्त प्रस्तुत गर्छन्’ जस्ता हेडलाइनले मलाई प्रश्न गर्छ कि कोरियाली समाजमा कति क्रूर र भ्रष्ट व्यक्तिहरू हुन सकेका होलान् ।विगतका वर्षहरूमा दक्षिण कोरियाका कैयौँ उच्च पदस्थ राजनीतिज्ञहरूमाथि सार्वजनिक रूपमा आक्रमण भएको छ ।सन् २०२२ मा एक जना वृद्धले लीभन्दा पहिले डेमोक्रायाटिक पार्टीको नेतृत्व गरेका सोङ योङ–गिलको टाउकोमा धारिलो हतियारले हिर्काएका थिए ।

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता तथा पछि राष्ट्रपति बनेका पार्क ग्युन हेलाई एक ¥यालीमा चक्कुप्रहार गरिएको थियो । आक्रमणका कारण उहाँको अनुहारमा दाग चोट लागेको थियो ।
ली सन् २०२२ मा दक्षिण कोरियाको इतिहासकै सबैभन्दा कडा राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ युन सुक योलसँग पराजित हुनुभउको थियो ।कारखानामा काम गर्ने पूर्व बाल श्रमिक रहेका लीले किशोरावस्थामा औद्योगिक दुर्घटनापछि विद्यालय जान छोड्नुभएको थियो । त्यपछि रानीतिमा आएका उहाँले छोटो समयमा प्रसिद्धि कमाउन सफल भएको देखिनछ ।

उहाँले सन् २०२७ मा पुनः राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ र हालैका सर्वेक्षणहरूले उहाँ अझै पनि बलियो दाबेदार रहेको सङ्केत गरेका छन् ।तर उत्तर कोरियामा अवैध रूपमा ८० लाख अमेरिकी डलर ट्रान्सफर गरेको आशङ्का गरिएको एक फर्मसँग सम्बन्धित घूसखोरीको अभियोगमा उहाँविद्ध अझै पनि मुद्दा चलिरहेको छ ।नेता लीसमेत सामेल भएको भनिएका विगतका विभिन्न काण्डमा संलग्न रहेका आरोपित सबैले आत्महत्या गरेको देखिन्छ ।  रासस/एएफपी