सुनाखरी न्युज/ काठमाडौं ।
जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ ।बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरियो ।
डलर देखाएर लुटपाट गरेको आरोपमा खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो ।
त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।