२०८१ मंसिर १३ , बिहिवार

सर्लाहीमा पुन: तनाब

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुन: तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको छ ।प्रहरीले प्रदर्शनकारीलाई लखेट्न ८ सेल अश्रुग्यास हानेको सर्लाहीका डीएसपीरुले जानकारी दिए ।

गत शुक्रबार बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् । आइतबार बिहानैदेखि शव उठाउने विषयमा आन्दोलनरत तथा मृतक परिवार र जिल्ला प्रशासन कार्यालयबीच इलाका प्रहरी कार्यालयमा छलफल भइरहेको थियो । छलफल भइरहेकै बेलामा बाहिरबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका हुन् ।शुक्रबार साँझ साहको मृत्युपछिको तनावपूर्ण अवस्थामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । शनिबार पनि दिनभर घरबाहिर हिँडडुलमा प्रतिबन्ध लगाएको थियो ।