सुनाखरी न्युज/ काठमाडौं ।
चालु आर्थिक वर्ष को ५ महिनामै शोधनान्तर बचत २ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको मंसिर मसान्तसममको तथ्यांककको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर बचत २ खर्ब १० खर्ब १० अर्ब ५९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८-७९ मा आयातमा अत्यधिक वृद्धि भएर शोधनान्तर घाटा चुलिएर बाह्य क्षेत्रमा दबाब बढ्दा सरकारसँगै राष्ट्र बैंक पनि आयात नियन्त्रण गर्ने निर्णयमा पुगेका थिए । २०७९ वैशाखदेखि पुससम्म सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । आव २०७८र७९ मा शोधनान्तर घाटा २ खर्ब ५५ अर्ब पुगेको थियो ।
आव २०७९-८० को भदौसम्म पनि घाटामा रहेको शोधनान्तर स्थिति असोजदेखि बचतमा गएको थियो । गत आवमा २ खर्ब ९० अर्ब बचतमा भएको शोधनान्तर स्थिति चालु आवको पहिलो छ महिनामै २ खर्ब १० अर्ब बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तमा १ खर्ब ४७ अर्ब ११ करोड बचतमा रहेको शोधनान्तर बचत १ महिनामै ५७ अर्बले बढेको हो । गत आवको मंसिर मसान्तमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले बचतमा थियो ।
चालु खाता बचत पनि डेढ खर्ब नजिक पुगेको राष्ट्र बैंकले जनाएको छ ।